नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

सारांश

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ ।
  • योसँगै अब वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव हुने भएको छ ।
  • यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो ।

१४ पुस,  काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । योसँगै अब वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव हुने भएको छ ।

यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए । यस्तो परीक्षण पहिलोपटक सम्भव भएको हो,” उनले भने, “अब देशबाहिर नमुना पठाउनुपर्दैन,” उनले भने । यसअघि, स्तन क्यान्सर आफन्त वा नातेदारमा भए/नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमुना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो । यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ ।

सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने भट्टले जानकारी दिए । भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । नमुना पठाउन लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर, अब प्रयोगशालाले ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ । नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै