विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ

सारांश

  • विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।
  • उनलाई क्रमश काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

 

३ पुस, काठमाडौं। विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।

उनलाई क्रमश काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि छ । राजुले २ जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ