इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १५, २०८१
|
|
५३ पटक हेरिएको
Shares
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री

सारांश

  • इलाम- २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ ।
  • मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।
  • महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

१५ वैशाख, इलाम । इलाम- २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ ।

मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो । प्रहरीका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ ।

मतदान केन्द्रभित्रै २ घण्टासम्म सो कार्य गर्न कसले अनुमति दियो, कसले सेटअप गर्‍यो भन्ने विषयमा प्रशासन बेखबर थियो । मतदान गरेर फर्किंदै गरेकाहरुलाई मतदान केन्द्रभित्र टेबल सेटअप नै गरी सो समूहले पोल सञ्चालन गरेको थियो । नक्कली भोट पनि खसालेर आएका एक मतदाताले भने, ‘भोट हालेर निस्कने बित्तिकै क्याम्पसभित्रै टेबल राखेर बसेकाहरुले भित्र जुनमा भोट हाल्नुभयो, यसमा पनि हाल्नुस् भनेपछि हामी त सरकारकै नयाँ नियम रहेछ भनेर नक्कली भोट पनि खसालेछम् ।’ निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
सिहरामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
सिहरामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु