शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
२८ पटक हेरिएको
Shares
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए

सारांश

  • विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम छ ।
  • कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् ।
  •   शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् ।

२ फागुन, विराटनगर । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम छ । कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् ।  शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको सिसा फुटाउँछन् र, गाडी लिएर उनी निस्कन्छन् ।

यो घटना शोरुम सञ्चालकले शुक्रबार बिहान मात्रै थाहा पाउँछन् । त्यसपछि उनी नयाँ गाडी चोरिएको भन्दै बिहान करिब ९ बजे प्रहरीलाई खबर गर्छन् । गाडी चोरी भएको खबर पाएसँगै प्रहरीले खोजी तथा अनुसन्धान कार्य अघि बढाउँछ । शुक्रबार दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी रहेको खबर प्रहरीले पाउँछ । सूचना पाएलगतै प्रहरी टोली गढी गाउँपालिका– ५ को भित्री सडक खण्ड पुग्छ । जहाँ शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी फेला पर्छ ।स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले कार र चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण कार चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार पक्राउ परेका बिनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला
नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला