Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३८ पटक हेरिएको
Shares
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए

सारांश

  • विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम छ ।
  • कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् ।
  •   शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् ।

 

२ फागुन, विराटनगर । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम छ । कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् ।  शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको सिसा फुटाउँछन् र, गाडी लिएर उनी निस्कन्छन् ।

यो घटना शोरुम सञ्चालकले शुक्रबार बिहान मात्रै थाहा पाउँछन् । त्यसपछि उनी नयाँ गाडी चोरिएको भन्दै बिहान करिब ९ बजे प्रहरीलाई खबर गर्छन् । गाडी चोरी भएको खबर पाएसँगै प्रहरीले खोजी तथा अनुसन्धान कार्य अघि बढाउँछ । शुक्रबार दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी रहेको खबर प्रहरीले पाउँछ । सूचना पाएलगतै प्रहरी टोली गढी गाउँपालिका– ५ को भित्री सडक खण्ड पुग्छ । जहाँ शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी फेला पर्छ ।स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले कार र चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण कार चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार पक्राउ परेका बिनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता
रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ
सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ