राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ ।
  • एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन् ।
  • बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरुलेपनि रास्वपासँगको सहयात्रा सहज नहुने सुझाएका छन् ।

 काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ । एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन् ।
बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरुलेपनि रास्वपासँगको सहयात्रा सहज नहुने सुझाएका छन् । शुक्रबार रास्वपा सभापति रवि लामिछाने, घिसिङलगायतका नेताहरुबीचको छलफलले पनि कुनै निष्कर्ष निकाल्न सकेन ।

उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाका अनुसार थुप्रै विषयमा कुरा मिल्न नसकेका कारण भावी यात्रा यसै भन्न सकिदैन् । रास्वपासँग पटक पटक संवाद भएको छ । तर उहाँहरु पेलेर जाने मनस्थितिमा हुनुहुन्छ । प्रारम्भमा भएका कतिपय भद्र सहमतिहरु पनि हाल आएर वेवास्ता गरिएको छ । वरीयता, समानुपातिक सूची, जिल्ला बाँडफाँड, केन्द्रीय सदस्य संख्यालगायतका विषयमा सहमति हुन सकेको छैन्,’ थापाले भने । यता, घिसिङले भने शनिबार एकताका विषय शनिवार बेलुकासम्म टुङ्गो लगाउने प्रतिक्रिया दिएका छन् । शनिबार विहान एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमति नभए उज्यालो नेपाल पार्टीबाट नै अघि बढ्ने संकेत गरेका छन् ।

केही विषय टुङ्गिन बाँकी रहेको र आज–भोलिमै त्यसको निर्णय गरेर अघि बढ्ने बताएका घिसिङले उज्यालो नेपाल पार्टी दर्ता भएर अगाडि बढेकाले अहिले देशको आवश्यकता र जनताको माग अनुसार एकता गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटा समझदारी गरिएको उल्लेख गरे । उज्यालोका कार्यकर्ताहरुले उज्यालो नेपाल पार्टी अघि बनाउनुपर्छ भनेर कुलमानमाथि दबाब बढाइरहेका छन् । रास्वपासँग मिल्न नसकिने भएपछि दोस्रो विकल्पमा अघि बढ्नुपर्ने कार्यकर्ताहरुले सुझाव दिएका छन् । साथै एकता नै गर्नुपरे चुनावी एकता गर्न सुझाव दिएका छन् । यही १४ पुसमा दुई पक्षीय छलफलपछि सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुई पार्टीबीच एकताको घोषणा गरिएको थियो । सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए भने साक्षीका रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
राष्ट्रपतिकी छोरीले कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता लिइन्
राष्ट्रपतिकी छोरीले कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता लिइन्
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति
संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ