एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

सारांश

  • यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।
  • टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो।
  • १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.

 

३ पुस,नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए। ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक-एक विकेट लिए। पराजित जनकपुरले अब बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ। यी दुईबीचको विजेताले शनिबार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ। फाइनल शनिबार हुने तालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?