Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो

सारांश

  • तेस्रो जित निकाल्नेक्रममा थाइल्याण्डले सोमबार नेदरल्याण्ड्सलाई १७ रनले हरायो ।
  •   यस श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्डको यो लगातार दोस्रो जित हो ।
  • उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो ।

 

२१ माघ,  नेपालमा जारीमा त्रिकोणात्मक महिला टी–२० सिरिजमा थाइल्याण्डले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा थाइल्याण्डले सोमबार नेदरल्याण्ड्सलाई १७ रनले हरायो ।  यस श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्डको यो लगातार दोस्रो जित हो ।

उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो ।  आफ्नो चौथो खेलमा थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अलआउट भयो । उसका लागि कप्तान बाबेट डे लिडेले २५, आइरिस ज्विलिङले १३ तथा क्यारोलिन डे ल्याङ्गेले १० रन जोडे ।  थाइल्याण्डका लागि ओन्निचा कामचोम्फु र थिपाच्चा पुथावाङले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको थाइल्याण्ड १९.५ ओभरमा ८६ रनमै अलआउट भयो ।

 

उसका लागि चनिदा सुथिरुङले २७ तथा फन्निता मायाले १२ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि आइरिस जिविलिङ्ग, इभा लिन्च र सिल्वर सिजर्सले सर्वाधिक दुई/दुई विकेट लिए । यो जितपछि जारी श्रृंखलामा थाइल्याण्डले तीन खेलबाट ६ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । चार खेलबाट चार अंक जोडेको नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ ।अंकविहीन नेपाल भने पुछारमा छ । नेपालले अब चौथो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?