कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४७ पटक हेरिएको
Shares
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित

सारांश

  • दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट मात्र सात वटा विधेयक पारित भएका छन् ।
  • बैठक अवधिमा सरकारले कानून निर्माणलाई जोड दिएको थियो ।
  • जनताका आवश्यकतासँग जोडिएका कानून निर्माणमा जोड दिएको प्रदेश सरकारले जनाएको छ ।

हुम्ला- केही दिन अगाडी सम्पन्न भएको कर्णाली प्रदेशसभाले सात वटा कानून निर्माण गरेको छ । दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट मात्र सात वटा विधेयक पारित भएका छन् । बैठक अवधिमा सरकारले कानून निर्माणलाई जोड दिएको थियो । जनताका आवश्यकतासँग जोडिएका कानून निर्माणमा जोड दिएको प्रदेश सरकारले जनाएको छ ।

संवैधानिक रूपमा प्रदेशसभालाई सरकारले काम दिनु पर्ने र आवश्यकता अनुसारका कानून निर्माणका लागि विधेयक तयार पार्ने र सभामा पेस गर्ने जिम्मेवारी सरकारको हुन्छ । सभाको अधिवेशन बोलाउने र अन्त्य गर्ने सिफारिससमेत सरकारले नै गर्दछ । धेरै कानून बनाउनुभन्दा पनि आवश्यक र कार्यान्वयन गर्न सकिने कानून निर्माणमा जोड दिने कार्य भएको प्रदेश सरकारकी खानेपानी तथा जलश्रोत मन्त्री बिजय बुढाले बताइन् । दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य हुनअघि यो अधिवेशनबाट सात वटा विधेयक पारित भएका थिए ।

जसमा कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ–बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।

दोस्रो कार्यकालको हालसम्ममा १४ वटा विधेयक पारित भएका छन् । जसमा पहिलो, दोस्रो, तेस्रो र चौथो अधिवेशनमा गरेर जम्मा सात वटा विधेयक पारित भएका थिए । दोस्रो कार्यकालको पाँचौँ अधिवेशनसम्म प्रदेश सभा सचिवालयमा १८ वटा विधेयक दर्ता भएका थिए । १४ वटा विधेयक पारित भए भने नौ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । अब पाँच वटा विधेयक प्रमाणीकरण हुने चरणमा रहेका छन् । दुई कार्यकालमा गरी हालसम्म ६७ वटा कानून निर्माण भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
प्रचण्डले भने– सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं
प्रचण्डले भने– सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं
माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ?
माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ?