स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ३, २०८२
|
|
१७ पटक हेरिएको
Shares
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता

सारांश

  • महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।
  • महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.
  • सी.

२ चैत,काठमाडौं ।

महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यस कारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो । त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिएकी छन् ।

उनले भनिन्, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो । यसका विषयमा भएका भ्रम र असजिला पक्षहरूका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला । सबै महिलाको पहुँचमा विस्तार गर्न सकिने गरी परीक्षण गराउने प्रबन्ध मिलाउनुहोला ।’ त्यस क्रममा अस्पतालका निर्देशक प्रा. डा. शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए । ‘उच्च स्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ,’ शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ ।’

स्वास्थ्य विभागका प्रमुख के. सी. का अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिनुभएका महिलाहरू परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनुहुन्छ । परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १०० जनादेखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?