‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

सारांश

  • लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
  • लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
  • नेता डा कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

११ वैशाखः  काठमाडौँ,   

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताउनुभएको छ । लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता डा कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खडका, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा प्रकाशशरण महत, महेश आचार्य, दिपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री
मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री
मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित