नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १, २०८२
|
|
२० पटक हेरिएको
Shares
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा: प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
  • ‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ’, प्रधानमन्त्री ओलीले लेखेका छन्।
  • उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन्। प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। ‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ’, प्रधानमन्त्री ओलीले लेखेका छन्।

उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ। सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो। जसअनुसार राजधानी प्रवेश गर्ने कार र भ्यानले रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ। साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकले आउँदा रु २६० र फर्कँदा रु २०० तिर्नुपर्नेछ।

त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ। कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन्। सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
राष्ट्रिय सभा निर्वाचन : आजदेखि प्रचारप्रसार निषेध
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी