चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

सारांश

  • दुई जना घाइते छ‍न्।
  • उनीहरूको उपचार भइरहेको छ।
  • उनीहरू एकै परिवारका हुन्।

९ असोज , दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्।चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो। उपचारका क्रममा उनको बुधबार बिहान तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए।उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए। आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणी नदीमा फसेका २२ जनाको उद्धार
नारायणी नदीमा फसेका २२ जनाको उद्धार
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला
माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा