सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १०, २०८३
|
|
७० पटक हेरिएको
Shares
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय धनुषाले लागु औषध गाँजाको पुरिया बनाई बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९, बरमझियाका ३२ वर्षीय अब्दुल रहमान पक्राउ परेका छन् ।

 

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले लागु औषध गाँजाको पुरिया बनाई बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९, बरमझियाका ३२ वर्षीय अब्दुल रहमान पक्राउ परेका छन् । उनले आफ्नै घरमा गाँजाको साना–साना पुरिया बनाई प्रति पुरिया एक सय रुपैयाँमा स्थानीय युवाहरूलाई बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो।

सोही अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय, सबैलाबाट खटिएको प्रहरी टोलीले मिति आइतबार साँझ रहमानको घरमा खानतलासी गर्दा कागजको पोकामा बिक्री गर्न तयार गरी राखिएको ५५ वटा पोका ९३६० ग्राम० गाँजा फेला पारेको थियो। प्रहरीले उनलाई लागु औषधसहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, रूपैठाका ३५ वर्षीय रामललित साहलाई पनि पक्राउ गरेको छ । उनलाई १४ वटा गाँजाको पोका (१३ ग्राम) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागु औषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
२२ किलो लागूऔषध चरेशसहित तीन जना पक्राउ
२२ किलो लागूऔषध चरेशसहित तीन जना पक्राउ
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै