Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सारांश

  •   बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो ।
  • सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।
  • उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

 

१३ कार्तिक, रामपुर – पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो । सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।

उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।  रानाले चलाएको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नं को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए । ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए ।

रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ ।  उक्त ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी
पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
सरकार तोकिएकै मितिमा चुनाव गर्न चट्टानझैँ दृढ छ: प्रधानमन्त्री कार्की
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ