चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
५५ पटक हेरिएको
Shares
चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

सारांश

  • नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
  • सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो ।
  • भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।

३१ जेठ, काठमाडौं ।

नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो । भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ । जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताए । ‘जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ,’ उनले भने, ‘यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ ।’ भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ । निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।

‘यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’ उद्योग बन्द हुँदा चिया किसान, श्रमिक र व्यवसायीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै एसोसिएसनले यो गम्भीर समस्याको उचित निकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारका साथै सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड
सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको श*व रौतहट पु¥याइयो, मुस्लिम परम्परा अनुसार अ*न्त्यष्टि गरिने
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने