थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित

सारांश

  • यस्तै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
  • उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताए ।
  • स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ ।

१५ मंसिर, एजेन्सी – दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान मृत्यु भएकाृ छ । यस्तै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताए । स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ । दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१ घरपरिवारलाई प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ ।

विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ । तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताएका छन् । नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले असपतालका सेवा स्थगित गरेका छन् ।

छिमेकी उत्तरी मलेसियामा, वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसहरूलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन् । थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । सरकारले प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि बाढी राहतमा १.७ मिलियन डलर तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’