Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
५१ पटक हेरिएको
Shares
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

सारांश

  • मलेसियामा यही जनवरी १८ देखि सुरु हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
  • गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू-१९ महिला एसिया कप खेलेको टोलीलाई नै विश्वकपको टोलीमा निरन्तरता दिइएको छ ।

 

२० पुस, काठमाडौं । मलेसियामा यही जनवरी १८ देखि सुरु हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू-१९ महिला एसिया कप खेलेको टोलीलाई नै विश्वकपको टोलीमा निरन्तरता दिइएको छ ।

उपकप्तानमा सोनी पाख्रिन छन् । गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यू-१९ महिला विश्वकपकमा छनोट भएको थियो । त्यसपछि नपालले यू-१९ महिला एसिया कप समेत खेल्न पाएको थियो जहाँ नेपालले पाकिस्तानलाई हराएको थियो । यूएईमा विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय भने अहिले टिममा छैनन् । उनी एसिया कपमा पनि टिममा थिइनन् । विश्वकप छनोट नखेलेका किरण कुमारी कुँवर र अनु कडायत भने विश्वकप खेल्ने टिममा अटाएका छन् । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो भने नेपालले पहिलो पटक खेल्न लागेको हो । नेपाल समूह डी मा छ ।

यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन्  । नेपाल जस्तै स्कटल्याण्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप ३ खेल खेल्ने अवसर पाउन सक्छ । नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल
ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो