Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १२, २०८२
|
|
७० पटक हेरिएको
Shares
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब रोकियो

सारांश

  • बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको छ ।
  • भदौसम्मको सुविधा दसैँअघि नै पाएका प्रदेश सभा सदस्यका स्वकीय सचिवले पाउने गत असोज महिनाको तलब र महँगी भत्ता रोकिएको हो ।
  • गत भदौमा भएको जेनजी समूहको आन्दोलनपछि गठित सरकारले खर्च मितव्ययिताका लागि स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाबापतको भुक्तानी रोकिएको छ ।

१२ कात्तिक, हेटौँडा ।

बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको छ । भदौसम्मको सुविधा दसैँअघि नै पाएका प्रदेश सभा सदस्यका स्वकीय सचिवले पाउने गत असोज महिनाको तलब र महँगी भत्ता रोकिएको हो । गत भदौमा भएको जेनजी समूहको आन्दोलनपछि गठित सरकारले खर्च मितव्ययिताका लागि स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाबापतको भुक्तानी रोकिएको छ ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलले लेखा नियन्त्रकको प्रणालीले नै रोकेकोले भुक्तानी प्रक्रिया अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोक्नेबारेमा कतैबाट पत्राचार नभएको भन्दै प्रणालीबाटै रोकिएकाले भुक्तानी नगएको बताउनुभयो ।  उहाँका अनुसार केही स्वकीय सचिवको भदौभन्दा अघिको तलब सुविधासमेत रोकिएको र भुक्तानी गर्न खोज्दा प्रणालीबाटै नमिलेका कारण भुक्तानी भएको छैन ।

उता बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको सूचना अधिकारी सुरज पौडेलले मन्त्रालयले प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा मन्त्रालयले नरोकेको र रोक्नेबारेमा प्रदेश सरकारले पनि कुनै निर्णय नगरेको बताउनुभयो । प्रदेश सभा सदस्यका स्वकीय सचिवले नायब सुब्बा सरहको तलबबापत ३७ हजार ७३० रुपियाँ र महँगी भत्ताबापत पाँच हजार रुपियाँ पाउने छन् । ९५ जना प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको प्रदेश सभा सचिवालयको भनाइ छ ।

सचिवालयको लेखा शाखाका अनुसार प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाको तलब पाना (पे रोल सिट) बनाउनै नमिल्ने गरी सिस्टम बनाइएको छ । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्री गरी १४ जनाका स्वकीय सचिवको तलब सुविधा मन्त्रालयबाटै भुक्तानी हुने व्यवस्था रहेको छ । प्रदेश सभाका प्रदेश सभामुखले राजीनामा दिएका कारण सभामुखको स्वकीय सचिवको असोजको तलब रोकिएको छ भने उपसभामुखको स्वकीय सचिवको तलब सुविधा भुक्तानी भइसकेको छ ।

प्रदेश सभा सचिव पौडेलले अन्य प्रदेशमा समेत प्रदेश सभा सदस्यको स्वकीय सचिवको भुक्तानी रोकिएको भन्दै प्रदेश सरकारको निर्णय र प्रणालीबाट खुलेपछि भुक्तानी हुन सक्ने बताउनुभयो ।  प्रदेश सभा सदस्यको स्वकीय सचिवको असोजको मात्र तलबबापत ३५ लाख ८४ हजार ३५० र महँगी भत्ताबापत चार लाख ७५ हजार भुक्तानी बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
सुनको मूल्य ३ हजार ८ सयले घट्यो
सुनको मूल्य ३ हजार ८ सयले घट्यो
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
टेकु दोभानमा एक युवतीको श*व फेला
टेकु दोभानमा एक युवतीको श*व फेला
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर