एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु

सारांश

  • अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ।
  • अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे।
  • प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।

२९ जेठ, अहमदाबाद ।

अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए।

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो।  विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।  यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?