बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

सारांश

  • नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् ।
  • शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • ‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ ।

११ असोज, काठमाडौं ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ बस्नेतले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने समेत जिकिर गरे । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने । साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाए ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
शिक्षा समितिको बैठक सुरू
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो