यस पटक दक्षिण एसियाकै उत्कृष्ट सदन प्राप्त गरेको छौं : सांसद झा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २३, २०८२
|
|
२०२ पटक हेरिएको
Shares
यस पटक दक्षिण एसियाकै उत्कृष्ट सदन प्राप्त गरेको छौं : सांसद झा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् ।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन् , साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए ।
  • अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको भनाई छ ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन् , साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए । अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको भनाई छ ।  उनले भने,‘चुनावमा जाँदैगर्दा मतदातालाई भनेको थियौं–हामी केवल मत माग्न आएको छैनौं, साउथ एसियाको बेष्ट प्रतिनिधि सभाको कल्पना गरेर चुनावमा होमिएको छौं भनेर भनेका थियौं ।

आज सदनमा सबै सहकर्मी वा सहयात्री र ,प्रतिनिधिसभा सदस्यहरुज्यूहरुलाई हेर्दा लाग्छ दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन थियो त्यो पूरा भएको छ । अब अभ्यासको ,संस्कृति र सिद्धान्तको पालो आएको छ ।’  त्यस्तै उनले यो भन्दा अगाडि सदन धेरैचोटी खुमलटार, बालुवाटार ,बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बसेको स्मरण गरे । अब सदन सिद्धान्तको हुनेगरी प्रस्तुत गर्ने पालो आएको उनको भनाई छ । सांसद झाले सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा दम्भ देखाउने भन्दापनि उदारता ,संस्कार र सिद्धान्त देखाउनुपर्ने तर्क राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?