आज विश्व स्वास्थ्य दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
आज विश्व स्वास्थ्य दिवस मनाइँदै

सारांश

  •   विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओे)को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
  • दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।
  • स्वस्थ सुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।

२४ चैत, काठमाडौं

आज विश्व स्वास्थ्य दिवस, ‘स्वस्थ सुरुवात, समृद्ध भविष्य’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभर मनाइदैछ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओे)को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

स्वस्थ सुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।

सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो । जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रूपमा पनि यस दिवसलाई लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने
प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने
१ हप्तामा ३५ जनालाई कोरोना संक्रमण
१ हप्तामा ३५ जनालाई कोरोना संक्रमण
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण