धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
७३ पटक हेरिएको
Shares
धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद

सारांश

  • भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ ।
  • यस्तै सो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिए ।

२७ साउन, जनकपुरधाम ।

भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ । यस्तै सो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिए ।

सो क्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरोहेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको उनले बताए । त्यसैगरी, हातहतियारसम्बन्धी एउटा मुद्दा दर्ता गरिएको र तीन जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद हातहतियारमा पेस्तोल एक थान, पेस्तोलको म्यागजिन एक थान, ७.६५ केएफ लेखिएको गोली एक थान र नौ एमएम केएफ लेखिएको गोली राउन्ड एक थान गरी पाँच थान सामग्री रहेको प्रहरीले जनाएको छ । उनका अनुसार फैसला कार्यान्वयन अभियानलाई पनि तीव्रता दिएको छ । यस अवधिमा ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ । विभिन्न अदालतबाट फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष आठ महिना सात दिन कैद सजाय कार्यान्वयन गरिएको तथा जरिवाना रु ६३ लाख ७७ हजार २६१ असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
राजस्थानको प्लेअफ सम्भावना जीवितै, १४ वर्षीय सूर्यवंशीको कीर्तिमानी शतक
राजस्थानको प्लेअफ सम्भावना जीवितै, १४ वर्षीय सूर्यवंशीको कीर्तिमानी शतक
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
झापा–५ मा भारी मतले बालेन अगाडि
झापा–५ मा भारी मतले बालेन अगाडि