भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

सारांश

  • भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
  • शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो।
  • जारी प्रतियोगितामा यसअघि लगातार तीन हार भोगेको नेपाली क्रिकेट टोलीले चौथो खेल जितेको हो।

२२ कात्तिक, भारत ।

भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो। जारी प्रतियोगितामा यसअघि लगातार तीन हार भोगेको नेपाली क्रिकेट टोलीले चौथो खेल जितेको हो।  नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा ४५ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि रासिद खानले ३ विकेट लिए। बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट लिए।  भारतविरुद्ध नेपालले निर्धारित ६ ओभरमा विनाविकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको थियो।  नेपालका लागि रासिद खान अर्धशतक बनाउँदै रिटायर्ट हर्ट भए। उनले १७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै रिटायर्ट हर्ट भए।  सन्दीप जोरा १२ बलमा ४ चौका र ५ छक्का सहयोगमा ४७ रनमा अविजित रहे। लोकेश बम ७ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रनमा नटआउट रहे।  शनिबार नै भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भयो। यो नेपालको लगातार तेस्रो हार थियो।

नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ५.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन बनायो।  शनिबारै भएको दोस्रो खेलमा पनि नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको थियो।  यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।  अब नेपाल आइतबार संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग भिड्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल
आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व