टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा

सारांश

  • नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।
  • टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
  • नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ ।

१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

नेपालको प्लेइङ ११

अनिल शाह, आसिफ शेख, रोहित पौडेल(कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिरमा युवकको शव फालिएको अवस्थामा फेला
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी
निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा चौधरीको उम्मेदवारी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
५० करोडमाथि कारोबार गर्ने सहकारी नियमन अब राष्ट्र बैंकबाट
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा