मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
५७ पटक हेरिएको
Shares
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू

सारांश

  •   मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
  • साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।
  • जसका कारण यतिबेला (सोमबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

 

२९ वैशाख, काठमाडौं । 

मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। जसका कारण यतिबेला (सोमबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यसैबीच मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भूभागलगायत पहाडी भूभागका धेरै स्थानमा अधिकतम तापक्रम बढेको मौसम महाशाखाले जनाएको छ। महाशाखाले सोमबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ: मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भूभागलगायत पहाडी

भूभागका धेरै स्थानमा अधिकतम तापक्रम बढ्ने सम्भावना छ। साथै कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यसबाट  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ