विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।
  • शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने देउवाको भनाइ थियो ।

७ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने देउवाको भनाइ थियो ।

‘नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भने, ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने जिकिर उनले गरे ।

‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिट्टै निष्कर्ष निस्किनेछ । यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ,’ देउवाले भने । ब्रटिश गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमले उडान प्रभावित
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
धनगढीमा एक युवती मृ*त फेला
धनगढीमा एक युवती मृ*त फेला
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द
तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द