काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु

सारांश

  • काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ ।
  • दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
  • प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो ।

१९ कात्तिक, रामेछाप ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो ।

आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पु¥याएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
सेहरी र धजाहाका ५६ घर जलमग्न
सेहरी र धजाहाका ५६ घर जलमग्न
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
देउवाले भेटे सुरेश रजकको परिवार
देउवाले भेटे सुरेश रजकको परिवार