Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु

सारांश

  • काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ ।
  • दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
  • प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो ।

१९ कात्तिक, रामेछाप ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो ।

आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पु¥याएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह 
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
भारतमा हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु
भारतमा हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु
लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी