भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
३२९ पटक हेरिएको
Shares
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

सारांश

  • रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ ।
  • आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
  • ‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।

७ वैशाख, काठमाडौं ।

रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दियो । ‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगैसचिवालयमा थिए । यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए ।लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको स्रोतले बतायो । प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् ।

रास्वपासँग एकीकरणको प्रक्रियाका क्रममा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए । पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ