सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

सारांश

  • गत असोज ११ र १२ गतेको बाढीपहिरोले बीपी राजमार्गका कतिपय स्थान भत्काएको थियो।
  • काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थलमार्ग अवरुद्ध हुँदा यसपटक धेरै मानिसले राजधानी छाड्न सकेनन्।
  • बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो ।

 

२५ असोज, बाढीपहिरोका कारण क्षतविक्षत भएको  बीपी राजमार्गमा शुक्रबारदेखि यातायात सञ्चालन हुने भएको छ। गत असोज ११ र १२ गतेको बाढीपहिरोले बीपी राजमार्गका कतिपय स्थान भत्काएको थियो। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थलमार्ग अवरुद्ध हुँदा यसपटक धेरै मानिसले राजधानी छाड्न सकेनन्।

बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ ।

आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो ।”संघीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आउने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको मृत्यु
सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको मृत्यु