बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
१७ पटक हेरिएको
Shares
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

सारांश

  • गत असोज ११ र १२ गतेको बाढीपहिरोले बीपी राजमार्गका कतिपय स्थान भत्काएको थियो।
  • काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थलमार्ग अवरुद्ध हुँदा यसपटक धेरै मानिसले राजधानी छाड्न सकेनन्।
  • बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो ।

२५ असोज, बाढीपहिरोका कारण क्षतविक्षत भएको  बीपी राजमार्गमा शुक्रबारदेखि यातायात सञ्चालन हुने भएको छ। गत असोज ११ र १२ गतेको बाढीपहिरोले बीपी राजमार्गका कतिपय स्थान भत्काएको थियो। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थलमार्ग अवरुद्ध हुँदा यसपटक धेरै मानिसले राजधानी छाड्न सकेनन्।

बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्‍याएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ ।

आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो ।”संघीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आउने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै