सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड

सारांश

  • सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ ।
  • समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेको थियो ।
  • तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका संयोजक पौडेलले बताए ।

८ पुस, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिका संयोजक पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेपनि पक्राउ परेका थिए । लगत्तै यसको छानबिनका लागि भन्सारका प्रमुख प्रशासक टोकराज पाण्डेले पौडेल नेतृत्वको समिति गठन गरेका थिए । समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टीभी फुजेट पनि मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ । जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्ष हुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका छन् । त्यहाँको सीसी टीभीले किन काम गरेको थिएन भन्ने छानबिनकै विषय भएको अधिकारीहरु बताउँछन् ।

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, १४ किलो सुन दूबईबाट अंकित अग्रवाल नामक व्यक्तिले मिनबहादुरलाई पठाएका थिए । यसरी मिनबहादुर घले, चन्द्र घले र कृष्णकुमरा श्रेष्ठले पटकपटक दूबईबाट सुन लिएर आउने गरेको देखिएको उनी बताउँछन् । त्यसपछि विमानस्थलको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन ल्याएर बाहिर ल्याउने गरेको पाइएको छ । भन्सारका अनुसार, विमानस्थलबाट सुन बाहिर निकाल्न विमानस्थलमा कार्यरत् नागरिक उड्ययान कार्यालयका एसपी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश पाएर करारमा कार्यरत् रमेश देउला, एसी शाखामा कार्यरत् सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत संलग्न थिए । भरियाले ल्याएको सुन बाहिर निकालेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पु¥याउने गरेको देखिने अधिकृतहरु बताउँछन् । त्यसपछि मिनबहादुर र उनका साथी जीवन गुरुङ उक्त सुनलाई अंकित अग्रवालले भनेको स्थानमा लगिदिने गरेको अनुुसन्धानका क्रममा खुलेको छ । ‘यसरी पटकपटक गरेर यो गिरोहले जम्मा १३८ केजी सुन ल्याएको देखिन्छ’, समितिका संयोजक पौडेलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया