सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
५९ पटक हेरिएको
Shares
‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

सारांश

  • निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ ।
  • प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आगामी वर्षको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार र नयाँ चरणको आर्थिक सुधारका लागि सकारात्मक परिवर्तन ल्याउने विषयलाई समेट्नुपर्ने बताउनुभयो ।

 

८ जेठ ,काठमाडौँ ।

निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आगामी वर्षको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार र नयाँ चरणको आर्थिक सुधारका लागि सकारात्मक परिवर्तन ल्याउने विषयलाई समेट्नुपर्ने बताउनुभयो । “ साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति तथा उद्यमीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम आगामी बजेटमा आउनुपर्छ”, उहाँले भन्नुभयो, “नीतिगत स्थिरतासहितको लगानी मैत्री वातावरण अहिलेको आवश्यकता हो ।” आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै श्रेष्ठले एक सय भन्दा बढी रोजगारी प्रदान गर्ने उत्पादनमुलक, पर्यटन तथा सेवा उद्योगलाई रोजगार च्याम्पियन सम्मानसहित आयकरमा ४० प्रतिशत छुट दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीले लगानीका नयाँ क्षेत्रको पहिचान गर्दै निजी क्षेत्रलाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । “लगानी आकर्षण गर्न उत्पादनमुलक उद्योगको नाफामा लाग्ने आयकरको दर क्रमशः कम गर्दै १० प्रतिशतमा सीमित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पूँजीगत खर्चको बढोत्तरीका साथै निजी क्षेत्रबाट हुने लगानीका लागि उचित वातावरण बनाएर प्रोत्साहन गर्नुपर्छ ।” नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले आगामी आवको बजेटमार्फत नीतिगत स्थिरता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताउँदै विद्युतीय सवारी साधनमा कर वृद्धि नभई थप सहुलियत दिनुपर्ने धारणा राख्नुभयो ।

समावेशी र सन्तुलित बजेटमा सांसदको जोड बैठकमा सांसद पूर्णबहादुर तामाङले मुलुकको विकासको अवस्था हेरेर समावेशी र सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गरिनुपर्ने बताउनुभयो । सांसद नारायणी शर्माले राज्यको नेतृत्वदायी भूमिका अर्थतन्त्रको विकासमा निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद सूर्यबहादुर थापा क्षेत्रीले लहडमा नभई राष्ट्रिय आय र औसत उमेरलाई आधार मानेर सामाजिक सुरक्षा भत्ता निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो । “राज्यले नागरिकलाई दिन थालेको सहायता हटाउने होइन, औसत उमेर र राष्ट्रिय आयलाई हेरेर भत्ता निर्धारण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दोहोरो भत्ताको सुविधा हटाउनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट
जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु
जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान
सर्लाहीको भरत तालमा मृ*त भेटिएकी किशोरीको खुल्यो पहिचान
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह