गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
१८८ पटक हेरिएको
Shares
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र

सारांश

  • ‌ गोडैता नगरपालिकामा भएको उखु बालीको भीषण आगलागीबाट प्रभावित किसानहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।
  • ‌ काठमाडौं बसोबास गर्दै आएका सर्लाही निवासी सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै गोडैता नगरपालिका–४ रोहवामा भएको आगलागीबाट भएको ठूलो क्षतिबारे जानकारी गराएका हुन्।
  • आगलागीबाट करिब ५० देखि ६० बिघा क्षेत्रफलमा लगाइएको उखु बाली पूर्ण रूपमा जलेर नष्ट भएको छ।

 

१ पुस,  सर्लाही।‌

गोडैता नगरपालिकामा भएको उखु बालीको भीषण आगलागीबाट प्रभावित किसानहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।‌ काठमाडौं बसोबास गर्दै आएका सर्लाही निवासी सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै गोडैता नगरपालिका–४ रोहवामा भएको आगलागीबाट भएको ठूलो क्षतिबारे जानकारी गराएका हुन्।

आगलागीबाट करिब ५० देखि ६० बिघा क्षेत्रफलमा लगाइएको उखु बाली पूर्ण रूपमा जलेर नष्ट भएको छ। कटानका लागि तयार अवस्थामा रहेको उखु बाली नष्ट हुँदा करिब १५० जना किसानले संयुक्त रूपमा दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति व्यहोर्नु परेको प्रारम्भिक अनुमान गरिएको छ। उखु खेतीमा निर्भर किसान परिवारहरूको जीविकोपार्जनमा गम्भीर असर परेको उल्लेख गर्दै ज्ञापनपत्रमा पीडित किसानहरूलाई तत्काल आर्थिक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। साथै बीउ, मल, कृषि उपकरणसहित आपतकालीन कृषि प्याकेज प्रदान गर्न, प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाई आगलागी जोखिम न्यूनीकरण तथा सुरक्षित कृषि अभ्यासबारे सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?