मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
  • बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो ।
  • मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

१३ कात्तिक, जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो । मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सत्तारुढ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत समावेश भएको बताए । गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यसबाहेक साना दुई दलसमेत गठबन्धनमा सामेल भएसँगै मुख्यमन्त्री सोनललाई विश्वासको मतका लागि सहज भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस