Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
  • बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो ।
  • मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

१३ कात्तिक, जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो । मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सत्तारुढ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत समावेश भएको बताए । गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यसबाहेक साना दुई दलसमेत गठबन्धनमा सामेल भएसँगै मुख्यमन्त्री सोनललाई विश्वासको मतका लागि सहज भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?