वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
५० पटक हेरिएको
Shares
वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो

सारांश

  •   मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ ।
  • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो ।
  • तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ ।

 

२३ मंसिर, पर्सा । 

मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका हुँदै २ खर्ब ८२ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएका छन् । गत आवको सोही अवधिमा २ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएका थिए ।

तुलनात्मक रुपमा गत आवभन्दा चालु आवको प्रथम चौमासिक अवधिमा ४१ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी आयात भएका छन् । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा इन्धन, सवारीसाधन, फलामजन्य वस्तु, मदिरा आदि रहेका छन् ।निर्याततर्फ चालु आवको प्रथम चौमासिक अवधिमा ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली मालवस्तु भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी भएका थिए । तुलनात्मक रुपमा गत आवको प्रथम चौमासिक अवधिको तुलनामा चालु आवको प्रथम चौमासिक अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी निकासी भएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट चालु आवको प्रथम चौमासिक अवधिमा यो नाकाबाट निकासी बढ्नुमा भारततर्फ नेपाली भटमासको तेल, सूर्यमुखीको तेल र प्रशोधित पामको तेलको निकासी बढनु नै प्रमुख कारण रहेको बताउँछन् । ‘यी तेलको भारततर्फको निकासी ह्वात्तै बढेर समग्र निकासी नै बढेको देखिएको हो,’ उनले भने, ‘सामान्य अवस्थामा भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने अन्य वस्तुको निकासी नियमित रुपमै भइरहे पनि यी तेलको निकासी भने उत्साहजनक रुपमा हुन थालेर यस्तो देखिएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
बिजुलीको भ्याट हटाउने सरकारको तयारी
बिजुलीको भ्याट हटाउने सरकारको तयारी
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला
सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला