इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह

सारांश

  •   भारतीय टोलीका प्रभावशाली बलर जसप्रित बुमराहले इङ्ल्यान्ड विरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट खेल्न नसक्ने भएका छन् ।
  • इङ्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्ट बिहीबारदेखि दी ओभलमा शुरू हुँदैछ ।
  • पाँच टेस्टको शृंखलामा घरेलु टोली इङ्ल्यान्ड २–१ ले अगाडि छ ।

१४ साउन, काठमाडौं । 

भारतीय टोलीका प्रभावशाली बलर जसप्रित बुमराहले इङ्ल्यान्ड विरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट खेल्न नसक्ने भएका छन् । इङ्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्ट बिहीबारदेखि दी ओभलमा शुरू हुँदैछ । पाँच टेस्टको शृंखलामा घरेलु टोली इङ्ल्यान्ड २–१ ले अगाडि छ । पहिलो टेस्टमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो । दोस्रो टेस्ट भारतले तीन सय ३६ रनले जितेको थियो । तेस्रो टेस्टमा इङ्ल्यान्ड २२ रनले विजयी भएको थियो ।

शृंखलाको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो । त्यसैले पाँचौँ टेस्ट दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । खासगरी पाँचौँ टेस्टमा भारतीय टोली दबाबमा रहने छ । उक्त टेस्टमा पराजित भए भारतले शृंखला ३–१ ले गुमाउने छ । उक्त टेस्ट बराबरीमा सकिए पनि इङ्ल्यान्डले नै शृंखला २–१ ले जित्नेछ । तर, पाँचौँ टेस्टमा भारत विजयी भए शृंखला २–२ को बराबरीमा सकिने छ । त्यसैले आफ्ना प्रभावशाली तीव्रगतिका बलर जसप्रित बुमराहको अनुपस्थिति भारतका लागि ठूलो चिन्ताको विषय बनेको छ ।

स्वास्थ्य समस्याका कारण बुमराह टोलीबाट बाहिरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । चिकित्सकहरूले पनि उनलाई आराम गर्न सुझाव दिएका छन् । उनको स्थानमा आकाशदीपलाई प्लेइङ–११ मा समावेश गरिने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?