साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन्।
  •   नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्‌घाटन गर्दै मन्त्री डा राणाले  नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

२९ जेठ, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन्।  नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्‌घाटन गर्दै मन्त्री डा राणाले  नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसंग उल्लेख गर्दै उनले भनिन् ‘म एउटा यस्तो भविष्यको प्रतीक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।’ नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्नेछ भनिन्।

नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनको जोड थियो । उनले भनिन् ‘हाम्रा दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा मात्र सहयोग गर्दैनन्, पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछन् । यसबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्नेछन् ।’ मन्त्री डा राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरूलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।  पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताउँदै मन्त्री डा राणाले नेपालको विशाल जलविद्युत सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका लागि उपयोगी हुने बताइन्।

आगामी दशकमा नेपालबाट १० हजार मेगावाट बिद्युत आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल–भारत ऊर्जा सहयोगको प्रतितिधित्व गरेको बताउँदै नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएका प्रसङ्ग पनि उनले उल्लेख गरिन्।  आज विश्व द्रुत प्राविधिक परिवर्तन, परिवर्तनशील भूराजनीतिक गतिशीलतामा रहेको तथा विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू बढ्दै गएको अवस्थामा दुई देशबीच साझा चुनौतीसँग जुध्न संयुक्त सहकार्य आवश्यक रहेको बताउँदै नेपालमा हालै सम्पन्न सगरमाथा संवादको पहिलो संस्करणमा भारत सरकारको सहयोग र समर्थनका लागि आभार पनि व्यक्त गरिन्।  नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै मन्त्री डा राणाले यस प्रकारका प्लेटफर्महरुले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाई विचारहरुको आदानप्रदानलाई प्रवर्धन गर्ने र जनता जनता बीचको सम्पर्कलाई थप मजबुद बनाउन सहयोग पुर्याउने धारणा राखिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
६८ लाख नगदसहित ४ जना पक्राउ
६८ लाख नगदसहित ४ जना पक्राउ
पोखरामा नमूना नगर सभा आजबाट सुरु
पोखरामा नमूना नगर सभा आजबाट सुरु
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै
कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै