Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
४० पटक हेरिएको
Shares
मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

सारांश

  • मधेश प्रदेश सरकारले ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ ।
  • मधेश प्रदेश प्रमुख सुमित्रा भणडारीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् ।
  • उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ नारालाई आत्मसात गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडि बढाइने बताइन् ।

२३ जेठ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारले ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ । मधेश प्रदेश प्रमुख सुमित्रा भणडारीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् । उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ नारालाई आत्मसात गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडि बढाइने बताइन् ।

मधेशमा अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले महत्वाकांक्षी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको थियो, तर उक्त कार्यक्रममा भ्रष्टाचार भएपछि अहिले अलपत्र अवस्थामा छ । मधेशमा अहिले जनमत पार्टी नेतृत्वको सरकार छ । वर्तमान सरकारले अघिल्लो सरकारकै कार्यक्रमलाई नयाँ स्वरुप दिन खोजेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भण्डारीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको मूल्यांकन र अनुगमनपश्चात निरन्तरता दिइने उल्लेख गरिन् । सरकारले आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी मूल सोचलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ ।

कृषिलाई मेरुदण्डको रुपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखी ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारालाई आत्मसात गर्दै कृषि उत्पादन बढाउने लक्ष्य राखेको छ । मधेश सरकारले मखान खेतीलाई पनि प्राथमिकतामा राखेको छ । आगामी आवको नीति तथा कार्यक्रममार्फत ‘मधेशको सान, स्थानीय मखान’ नारा दिँदै मखान खेतीको विकास र विस्तार योजना ल्याएको छ । मखानको उत्पादन, प्रशोधन, लेवलिङ र ब्रान्डिङ गर्ने लक्ष्य लिइएको प्रदेश प्रमुख भण्डारीले उल्लेख गरेकी छन् । यस्तै सरकारले नीति तथा कार्यक्रममा आँपको बगैंचा, मधेशको समृद्धि नारालाई आत्मसात गर्दै मधेशका आठ वटै जिल्लामा आँप बगैंचा विस्तारको योजना पनि समेटेको छ । मधेशलाई सिंचाइमा आत्मनिर्भर बनाउन ‘खेतखेतमा पानी, घरघरमा खाद्यान्न’ नारा दिएको छ । ‘हर हातमे सीप, घरघरमे रोजगार, समृद्ध मधेशके आधार’अन्तर्गत पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने पनि घोषणा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ
सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ
बोलेरोको ठक्करबाट एक  विद्यार्थीको मृत्यु, एक घाइते
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड