Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक

सारांश

  • ब्याटर किरणकुमार ठगुन्नाले शानदार शतक प्रहार गरेपछि लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।
  • आज भएको खेलमा सुदूरले गण्डकीलाई ६ विकेटले पराजित गर्यो ।
  • गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ४ विकेट गुमाएर ४२ बल बाँकी रहँदै पूरा गर्यो ।

 

काठमाडौं । ब्याटर किरणकुमार ठगुन्नाले शानदार शतक प्रहार गरेपछि लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।आज भएको खेलमा सुदूरले गण्डकीलाई ६ विकेटले पराजित गर्यो । गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ४ विकेट गुमाएर ४२ बल बाँकी रहँदै पूरा गर्यो । सुदूरका लागि शतक हिर्काएका किरणले १०१ बलमा अविजित १२१ रन जोडे । त्यसक्रममा उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै अटआउट रहेका नारायण जोशीले ३८ रन थप्दा खड्न बोहराले १९, निश्चल क्षेत्रीले १८ रन थपे । सुदूरले १६ रन अतिरिक्तमा पायो । गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान एक विकेट लिए । त्यसअघि लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन जोड्यो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे ।

७४ बलको सामना गरेका दीपकले ३ चौका र १ छक्का हिर्काउँदै ६४ रन जोड्दा ९५ बलको सामना गरेका अर्जुनले तीन चौका र एक छक्का हिर्काउँदै ५७ रन जोडे । सुदीप अर्यालले २३ रन जोडेको खेलमा वंश क्षेत्री १८, दिनेश बुढामगर १५ तथा अमृत गुरुङ र विपीन खत्री समान १० रनमा आउट भए । सुदूरका लागि शेर मल्लले तीन तथा नारायण जोशीले २ विकेट लिए । पहिलो खेलमा कर्णालीसँग हारेर सुदूर आज जित्नुपर्ने दवावमा थियो भने गण्डकीको यो पहिलो खेल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण
लागूऔषधसहित ४ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रियबाट संन्यास
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु