दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा

सारांश

  • ”  दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ ।
  • कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उहाँको स्थानमा चोइले कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उहाँको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो ।
  • उहाँले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

, १९ वैशाख :कोरिया   ।”

 दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ । कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उहाँको स्थानमा चोइले कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उहाँको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो । उहाँले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चोईको राजीनामा स्वीकृत भएको छ ।”

कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उहाँको स्थानमा चोइले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम रहेको थियो । चोईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गम्भीर आर्थिक परिस्थितिका बीच आफ्नो कर्तव्य पूरा गर्न कठिन भएकाले म आफ्नो पदबाट राजीनामा दिएको छु । तोकिएको जिम्मेवारीलाई निरन्तरता दिन नसकेकोमा म यसका लागि क्षमा प्रार्थी छु ।”  देशको सर्वोच्च अदालतले राष्ट्रपतिका प्रत्यासी ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी नठह¥याएपछि विपक्षी सांसदहरूले चोइविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उहाँले राजीनामा दिनुभएको हो । हानले चोईको चोईको राजीनामा स्वीकृत गरेपछि चोइविरूद्धको महाभियोगको प्रस्तावमाथिको मतदान रोकिएको छ ।

“चोईको राजिनामाको सूचना आइसकेको छ। हामी महाभियोगको मतदान स्थगित गर्दैछौं,” नेसनल एसेम्बलीका सभामुख वू वोन–सिकले भन्नुभयो ।  गत डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक योलले सैनिक शासनको घोषणा गरेपछि दक्षिण कोरियामा छाएको राजनीतिक अनिश्चितताबीच अर्थमन्त्री चोईको राजीनामाले देशमा थप राजनीतिक अनिश्चितता आएको छ ।  मध्यरातमा हानले पदबाट राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति चोईलाई उहाँको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो ।  उहाँको राजीनामासँगै अब नेतृत्व शिक्षामन्त्री ली जु–होको काँधमा आएको छ । उहाँलाई जुन ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि चुनावी प्रक्रियाको व्यवस्थापनको जिम्मेवारी दिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी