मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
मन्त्री फेर्ने विषयमा छलफल नै नभएर सकियो ओली-देउवा बैठक

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवासहित दुई दलका शीर्ष नेताको बैठक सकिएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एक घण्टा छलफल गरेर सकिएको हो।
  • बैठकमा समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

१५ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवासहित दुई दलका शीर्ष नेताको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एक घण्टा छलफल गरेर सकिएको हो। बैठकमा समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। संक्रमणकालीन न्याय, कानुन सुधार, संशोधन, भूमि विधेयकसहितका विषयमा उहाँहरूबीच छलफल भएको हो।

छलफलमा महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी हुनुहुन्थ्यो,’ उनले भने। बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने भनिए पनि विषयमै प्रवेश नगरिएको बताइएको छ। आजको बैठक मन्त्री हेरफेरका विषयमा केन्द्रित थिएन,’ बजगाईंले भने। कांग्रेस सभापति देउवा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी बालुवाटार पुगेका थिए।

बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए। सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री लागे पनि कांग्रेस भने आफ्नो पार्टीका मन्त्री हेरफेर गर्न अनिच्छुक देखिएको छ। मन्त्री हेरफेरका विषयमा नेताहरूबीच पुनसंवाद हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?
एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो
४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता