प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
प्राधिकरणको बोर्ड बैठक :  विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय

सारांश

  • नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो ।
  • हालको व्यवस्था अनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा कर्मचारीको हकमा बढीमा ५ लाख राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था रहेको थियो ।

२९ चैत, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो । हालको व्यवस्था अनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा कर्मचारीको हकमा बढीमा ५ लाख राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था रहेको थियो ।

त्यस्तै सर्वसाधारणको हकमा बढीमा ५ लाखसम्म राहत दिने व्यवस्था भएपनि शुक्रवार मन्त्री खड्काको अध्यक्षतामा बसेको बैठकले १० लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले विद्युतीय दुर्घटनामा परेकाहरुलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउन समेत मन्त्री खड्काले निर्देशन दिएका हुन् ।  बैठकले विद्युत वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टि सम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ ।  कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत महसुलमा असन्तुष्टी वा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशत मात्र कायम गर्ने निर्णय भएको छ । सर्वसाधारणले विद्युत उपभोग गरेवापत प्राधिकरणले उपलब्ध गराउने विद्युत महसुलमा पटक पटक चित्त नबुझेको व्यापक गुनासाहरु आउने गरेको थियो । यो निर्णयले सर्वसाधारणमाथि पर्ने आर्थिक दबाव घटाएको छ भने विद्युत प्राधिकरणप्रति नागरिकको विश्वास बढाउने छ ।

गुणस्तरहीन सेवा दिने संस्थासँगको सम्झौता खारेज बैठकले प्राधिकरणसँग सेवा प्रवाहको सम्झौता गरेका तर गुणस्तरीय सेवा दिन नसकेका संस्थाहरुको नविकरण खारेज गर्ने निर्णय गरेको छ ।  प्राधिकरणको सेवालाई थप व्यवस्थित बनाउन राष्ट्रिय ग्रिड विस्तार भएको क्षेत्रमा प्राधिकरण आफैंले सेवा प्रदान गर्ने निर्णय गरेको हो । गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाहरुको मूल्याङ्कन गरी आवश्यकता अनुसार सम्झौतालाई निरन्तरता दिने भएको छ । पुनरावलोकन समिति गठन बैठकमा ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । चार सदस्यीय यो समितिमा प्राधिकरणका उपकार्यकारी निर्देशक, विद्युत विकास विभागका विज्ञ, प्राधिकणका कार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्, जसले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ता र सर्वसाधारणलाई केन्द्रमा राखेर प्राधिकरणको सुधारका लागि महत्वपूर्ण निर्णय गरिएको प्राधिकरण संचालक समितिका सदस्य श्याम किशोर यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्‌मन्त्रीको भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विद्युत्‌मन्त्रीको भेट
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
वीर अस्पताललाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने
वीर अस्पताललाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत
काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त