समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक

सारांश

  • चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागिएको वृहत् विरोधसभालाई सफल बनाउन नेकपा एकीकृत समाजवादीले आन्तरिक तयारी गरेको छ ।
  • त्यसका लागि एकीकृत समाजवादीले दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ ।
  • चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाएको छ ।

४ चैत, काठमाडौँ ।

चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागिएको वृहत् विरोधसभालाई सफल बनाउन नेकपा एकीकृत समाजवादीले आन्तरिक तयारी गरेको छ । त्यसका लागि एकीकृत समाजवादीले दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ ।

चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाएको छ । चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक बोलाएको छ ।

चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा सङ्गठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक दिउँसो ३ बजे बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी गराएका छन् ।

फागुन २७ गते बसेको समाजवादी मोर्चाले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने