जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले मङ्गलबार भएको उक्त हमलामा रूपन्देहीको बुटवल– ११ कालिकानगरका सुदीप न्यौपाने मारिएको पुष्टि भएको जानकारी दिइन् ।
  • बन्दुकधारीको समूहले बाटोमा हिँडिरहेका न्यौपानेलाई एक्कासि गोली हानेको थियो ।

१० वैशाख, काठमाडौं–

भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान खुलेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार भएको उक्त हमलामा रूपन्देहीको बुटवल– ११ कालिकानगरका सुदीप न्यौपाने मारिएको पुष्टि भएको जानकारी दिइन् । बन्दुकधारीको समूहले बाटोमा हिँडिरहेका न्यौपानेलाई एक्कासि गोली हानेको थियो । घटनामा न्यौपानेकी आम रिमा घाइते भएकी थिइन् ।

राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘कश्मीरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटवल– ११, कालिकानगर रूपन्देहीका  सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै सो आतङ्ककारी हमलामा परेर घाइते हुनुभएकी उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’न्यौपाने आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका थिए । मन्त्री राणाले घटना बारे थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जनाएकी छिन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा मधेशमा सरकार अलपत्र
मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा मधेशमा सरकार अलपत्र
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
दक्षिण कोरियाली राष्ट्रपति पक्राउ
दक्षिण कोरियाली राष्ट्रपति पक्राउ