जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीज्यूले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।
  • यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो।
  • साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।

१२ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीज्यूले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्। यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराइ यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गरने विश्वास व्यक्त गरिन्।

यो क्रममा उनले ३ वटा निर्देशन पनि दिइन्।

– जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नू।  – आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नू।

– जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खटिनू। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ
सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण