नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
२३ पटक हेरिएको
Shares
नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प

सारांश

  • बाराको पचरौता नगरपालिकामा दोस्रो कार्यकालको लागि नगर प्रमुखमा जलन्धर सिंह जयस्वार निर्वाचित भएका छन्।
  • नगर प्रमुख जैसवारले सिँगो नगरपालिकालाई नै एकलौटी निर्णयको बाधक बनाउने कार्य निर्वाचित भएदेखि नै गर्दै आएका छन्।
  • जसको फलस्वरूप पचरौता नगरपालिकाको नगरसभा देखि निति नियम बजेट समेत कागजातमा गरी समाजिक सञ्जाल फेसबुक मार्फत् पचरौता बासी लगायत सम्बन्धित निकायले जानकारी पाउने गरेका छन्।

अमरेश कुमार पाण्डेय

०८  माघ,बारा । बाराको पचरौता नगरपालिकामा दोस्रो कार्यकालको लागि नगर प्रमुखमा जलन्धर सिंह जयस्वार निर्वाचित भएका छन्। नगर प्रमुख जैसवारले सिँगो नगरपालिकालाई नै एकलौटी निर्णयको बाधक बनाउने कार्य निर्वाचित भएदेखि नै गर्दै आएका छन्। जसको फलस्वरूप पचरौता नगरपालिकाको नगरसभा देखि निति नियम बजेट समेत कागजातमा गरी समाजिक सञ्जाल फेसबुक मार्फत् पचरौता बासी लगायत सम्बन्धित निकायले जानकारी पाउने गरेका छन्। त्यस्तै नगरप्रमुख जैसवारको हालमा देखिएको कार्य समेतले एकलौटी निर्णय जनतामाथि जबर्जस्ती ल्याएको पुष्टि भएको छ । पचरौता नगरपालिकाको जनप्रतिनिधिहरु पचरौता बासीको भोटले निर्वाचित भएका छन्। तर निर्वाचित भएपछि जनप्रतिनिधिहरुले सिँह दरवारको अधिकार गाउँ घरमा दिनु पर्ने स्थानमा नगरप्रमुख जैसवार तानासाह जस्तै निरकुंश बन्दै गएको पुष्टि भएको छ।

नगरप्रमुख जैसवारको निर्देशनमा नगरपालिकाको प्रबक्ता एवम् वडा नं ५ को वडा अध्यक्ष लक्ष्मी यादवले आईतबार पत्रकार सम्मलेन गरी तथा प्रेस बिज्ञप्ति जारी गर्दै पचरौता नगरपालिकाको बिकासमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहयोग नगरेको उल्लेख गरेका छन्। साथै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बिकासको काम गर्न सुरक्षाको ग्यारेन्टी नगरे सोमबारदेखि नगरपालिकाको सम्पुर्ण कामकाज थप्प गर्ने चेतावनी समेत दिएका थिए। उक्त चेतावनीको अधारमा सोमबार पचरौता नगरपालिकाको कार्यालय सहित पाँच वटा वडा कार्यालयको कामकाज सोमबार थप्प भएको छ। अब प्रश्न खडा हुन्छ कि नगरप्रमुख जयस्वार नगरवासीको बिश्वास जिति निर्वाचित भएका छन्। कि माथिबाट आएका हुन । जबकि बिकास निमार्ण कार्य गर्न समाजमा समन्वय गरी समाजको बिकास गर्नुपर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

तर नगरप्रमुख जयस्वारले समाज भन्दा माथि प्रहरी प्रशासन लगाई बिकास गर्नु कतिको जायज रहेको छ। यसरी नगरप्रमुख जयस्वारले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई आदेश दिई प्रहरी पठाउन भनेकोमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जनतामाथि लाठी प्रहार गरी बिकास हुन नसक्ने र यथार्थ जानकारी लिन कलैया मालपोत कार्यालय, सिम्रौनगढ नापि कार्यालय, जिल्ला प्रहरी कार्यालयको नायव सुब्बा , नगरपालिकाको अमिन लगायतको पाँच सदस्य कमिटी गठन गरेका थिए। उक्त कमिटीको बिरोध गर्दै नगरप्रमुख जयस्वारले प्रमुख जिल्ला अधिकारीले किन प्रहरी नपठाएको भन्दै प्रेस बिज्ञप्ती जारी गर्दै सोमबार नगरपालिकाको कामकाज नै थप्प पारेका छन्‌ ।

यसरी नगर प्रमुखको रुपमा निर्वाचित नगरप्रमुख नै जनतासँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिका लगायत वडा कार्यालयहरु कतिको जायज रहेको भनि प्रश्न चिन्ह तथा नगरप्रमुख जैसवारको एकलौटी ढंगले अगाडि बढ्ने प्रमाणित गरेको छ। नगरप्रमुख जैसवारको कार्य प्रति पचरौता नगरवासीले प्रमुख जिल्ला अधिकारी लगायत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय कार्यालयमा समेत ज्ञापनपत्र पठाएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ