लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा

सारांश

  • बारा प्रहरीले दुई सय २५ किलो प्रतिबन्धित लागु औषध गाँजा सहित चार जना मानिसलाई नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार विहान ट्रयाक्टर, प्रतिबन्धित लागु औषध गाँजा तथा चार जना मानिसलाई नियन्त्रणमा लिइएको हो।
  • ईलाका प्रहरी कार्यालय बारागढीले बाराको आदर्शकोतवाल गाउँपालिका ३ वतरा स्थित खेतमा पार्किङ गरि राखेको प्र.

२० वैशाख, बारा।

बारा प्रहरीले दुई सय २५ किलो प्रतिबन्धित लागु औषध गाँजा सहित चार जना मानिसलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार विहान ट्रयाक्टर, प्रतिबन्धित लागु औषध गाँजा तथा चार जना मानिसलाई नियन्त्रणमा लिइएको हो। ईलाका प्रहरी कार्यालय बारागढीले बाराको आदर्शकोतवाल गाउँपालिका ३ वतरा स्थित खेतमा पार्किङ गरि राखेको प्र.२–०३–००१त ४८७६ नम्बरको ट्याक्टरको ढाला मुनिबाट सो गाँजा बरामद गरेको हो।

त्यहाँ फल्स बटन बनाई लागू औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलि सोही स्थानमा पुगि ट्याक्टरको जाँच गरेको हो। टोलिले ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको १५ वटा कार्टुनमा रहेको २२५ के.जी.लागु औषध गाँजा र ट्याक्टर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बारागढी बारामा ल्याएर राखेको छ। प्रहरीले आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतराका ट्याक्टर चालक ३० वर्षीय नन्दकिशोर मुखिया बिन समेतलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जादा थप ३ जना लागु औषध गाँजामा संलग्न मनिसहरुलाई प्रहरीले पक्रन सफल भएको जनाएको हो।

प्रहरीले कोल्हवी नगरपालिकामा रहेको रोज उड होटलको कोठा नं. ३०३ बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। मकवानपुर हेटौडा नगरपालिका ४ का २१ वर्षीय कमाण प्रजा,मकवानपुरको कैलास गाउँपालिका ४ देवतिसका २४ वर्षीय सिताराम प्रजा र कवानपुरको बकैया गाउँपालिका ५ छतिवनका२२ वर्षीय नवराज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली, अवस्था गम्भीर
जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली, अवस्था गम्भीर
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि
संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने
अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु