थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
५३ पटक हेरिएको
Shares
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
  • मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
  • ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु ।

२० फागुन, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई पानी वितरण गर्न निर्देशन दिएका हुन् ।

‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुरु गर्न निर्देशन दिइसकेको छु ।’

यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौं’, उनले भने ।

मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मतकार्य तीव्र रूपमा अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
रूपन्देहीको उपचुनाव स्वतः रद्द
रूपन्देहीको उपचुनाव स्वतः रद्द
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल