पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
४८ पटक हेरिएको
Shares
पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप

सारांश

  • डिभिजन वन कार्यालय पाल्पाका अनुसार हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा डढेलो लागेको छ ।
  • केही दिनयता दिनहुँ जंगलमा डढेलो लागेको छ ।
  • फिल्ड डेमोसहितको वन डढेलो तालिममा सोमबार डिभिजन वन पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको र १६ वटा घर र गोठ जलेको जानकारी गराए ।

 

२५ चैत, पाल्पा —

पाल्पामा केही दिनयता सरकारी तथा सामुदायिक वन क्षेत्रमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल जंगल सखाप पारेको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा डढेलो लागेको छ । केही दिनयता दिनहुँ जंगलमा डढेलो लागेको छ । फिल्ड डेमोसहितको वन डढेलो तालिममा सोमबार डिभिजन वन पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको र १६ वटा घर र गोठ जलेको जानकारी गराए ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने तर आगो पूर्णरुपमा ननिभ्दा हावाहुरीले पुनः सल्किने समस्या भएको उनले बताए । ‘वन जंगलामा लाग्ने डढेलो नियन्त्रणमा लिन धेरै समस्या छ,’ उनले भने, ‘हावाहुरीको बेग र सुख्खा मौसमले थप समस्या पारेको छ ।’ जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा धेरै डढेलो लागेको उनले बताए । नियन्त्रणका लागि सुरक्षा निकाय, वन कर्मचारी, स्थानीय बासिन्दा जुट्ने गरेका छन् । तर पहिलो काम बस्ती जोगाउने हुने गरेको उनले बताए । प्रतिनिधिसभा सदस्य एवं राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांन समितिको सभापति ठाकुर गैरेले व्यक्तिगत लापरबाहीले गर्दा पाल्पाका कतिपय स्थानमा वन डढेलो लाग्ने गरेको बताए । उनले डढेलो लगाउने जस्तो जघन्य अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन सक्नुपर्नेमा जोड दिए । वन जंगलको माथिल्लो भागमा पोखरी निर्माण गर्नुपर्ने, एकीकृत योजना बनाएर डढेलो नियन्त्रण गर्नुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर रानाले डढेलो लाग्नेभन्दा पनि डढेलोको सुरुवात कसरी भयो भन्ने पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । मान्छेले लगाएको र कतिपय स्थानमा बिजुलीको तार सट भएर पनि डढेलो लागेको भेटिएकाले यसतर्फ सचेत हुनुपर्नेमा उनले बताए । लुम्बिनी प्रदेशसभा वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले ९६ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने भएकाले यसतर्फ सचेतना जगाउनुपर्ने बताए । उनले अग्निरेखा निर्माण, पातपतिंगर सफा गर्ने, घर तथा जंगल नजिक आगो नसल्काउने जस्ता मानवीय कामकाज गर्न नदिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लामा टास्क फोर्स तयार गरेर डढेलो नियन्त्रणका लागि काम गर्दै आएको बताए । जिल्लामा केही सामग्री भएपनि पूर्ण नभएकाले यसतर्फ स्थानीय तहले पनि सहयोग गर्नुपर्ने उनले बताए । पत्रकार महासंघ जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले डढेलो नियन्त्रणका प्रयास भएका पाइने तर दिनहुँ डढेलो लाग्ने भएकाले कानुनी कारबाहीतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चुरेमा रुपन्देहीतर्फबाट लागेको डढेलोले गर्दा पाल्पा क्षेत्रका जंगलमा सल्केको छ । महाभारत क्षेत्रमा सल्लीपिरलले गर्दा बढी डढेलो लाग्ने गरेको हो । जिल्लाका दर्जन बढी सामुदायिक वनमा केही दिनयता डढेलो लागिरहेको छ । राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेको हो । पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ४० वटा वडा वन डढेलोको उच्च जोखिममा छ । २५ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । गत वर्ष मात्र ४ सय बढी स्थाना डढेलोको घटना भएका थिए । जसबाट मानवीय क्षति नभए पनि ४० बढी घर तथा गोठ जलेको थियो । डिभिजन वन कार्यालयले सदरमुकाममा मात्र नभई ग्रामीण भेगमासमेत अग्निरेखा निर्माण, प्रचारप्रसार, सचेतना अभियान सञ्चालन गरेको जनाएको छ ।अभियान अन्तर्गत गाउँका प्रहरी चौकी, इलाका वन कार्यालयले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने गरेको डिभिजन वन कार्यालयका नायव सुब्बा सुशील ज्ञवालीले बताए । पाल्पाका ८६ सामुदायिक वन डढेलोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत
संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै
मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै