तीस करोडको लागतमा अस्पताल भवन निर्माण   

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   

सारांश

  •   नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ ।
  • गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको रु १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
  •   साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो ।

 १५ चैत,  नवलपरासी । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको रु १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।  साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ । पन्ध्र श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ ।

बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताउनुभयो । स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उहाँको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् । सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन ।

जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उहाँले बताउनुभयो । अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई एक सय श्ययाको बनाउने आश्वासन दिनुभएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै
एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता